काठमाडौं, मंसिर २६ । काठमाडौं जोरपाटीको नयाँवस्तीस्थित गुम्वा नजिकको क्याविन रेष्टुरेन्टमा एक जना मृत फेला परेका छन् ।
नयाँ वस्तीमा वस्दै आएका ३५ वर्षिय राजकुमार लामा शनिबार राती करिब १० वजे रेष्टुरेन्टमा मृत अवस्थामा भेटिएका हुन् । उनी ट्याक्सी ड्राइभर रहेको बुझिएको छ ।
घटनावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याइएको छ ।










प्रतिक्रिया दिनुहोस्