केशव भण्डारी (इमेज)
बुटवल, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अशान्तिको युग समाप्त भएको भन्दै हिंसाको बाटो हिँड्ने छुट कसैलाई नभएको बताएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बुटवल–नारायणगढखन्डको स्तरोन्नतिको शुक्रबार बुटवलमा शिलान्यास गर्दै उनले शान्ति–सुरक्षा खल्बल्याउन खोज्नेलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७५ देखि २०८० सडक युग हुने भन्दै २०८० देखि सडकहरुलाई सुरुङयुक्त बनाउने दाबी गरे ।
‘नेपाल मगन्ते देश होइन’
शुक्रबारै रुपन्देहीको नयाँमिलमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल मगन्ते देश नभएको बताए ।
कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाएको भन्दै उनले मगन्तेहरुको देश नभएकाले आफ्नै देशको प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले एअरपोर्ट बनाउँदा, सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउँदा र जे गर्दा पनि सरकारकै विरोधमा उत्रिएकाले आफू जति विरोध गरेपनि विकासका कामबाट पछाडि नहट्ने बताए ।

“









प्रतिक्रिया दिनुहोस्