डडेल्धुरा, मंसिर २६ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल डडेल्धुरा शाखाले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष रावलले व्यक्ति वा समूहको स्वार्थका लागि ल्याइएको संविधान संशोधनको प्रस्तावको कुनै औचित्य नभएको बताए ।
उनले संविधानको मर्म र भावनाविपरित संशोधन प्रस्ताव आएकाले एमालेले स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।
उपाध्यक्ष रावलले मुख्य दलहरुबीच विगतमा भए गरेका सहमतिबाट नेकपा माओवादी केन्द्र पछि हटेको आरोपसमेत लगाएका छन् ।
उनले पर्याप्त सहमतिका आधारमा संविधान जारी भइसकेकाले संशोधनको औचित्य नभएको जिकीर गरे ।
संविधान संशोधनको प्रस्ताव फिर्ता लिनुपर्ने वा परिमार्जनसहितको खाका सरकारले ल्याउनुपर्ने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्