Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


ठप्प राजमार्ग एकतर्फी सञ्चालनमा, पुल नजिकै डाइभर्सन निर्माण


0
Shares

नवलपरासी, मंसिर २६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बौलाहा खोलामाथिको पुल भाँचिदा ठप्प भएको राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा ल्याइएको छ ।

पुलको उत्तरतर्फबाट डाइभर्सन बनाएर बाटो एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना. ६ ख ३०१७ नम्बरको ट्रकले गएराति ठक्कर दिँदा शनिबार राती पुल भाँचिएको थियो ।

राजमार्गमै रहेको पुल भाँचिएपछि आइतबार विहान यात्रुवाहक बस र मालबाहक ट्रक अलपत्र परेका थिए । जीर्ण अवस्थामा रहेको पुललाई ट्रकले छेउबाट ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले सवारी सञ्चालनका लागि पुलको उत्तरतर्फबाट डाईभर्सन बनाइएको जानकारी दिए ।