Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


प्यूठान एक घन्टा बन्द


0
Shares

प्यूठान, मंसिर २६ । सरकारले व्यवस्थापिका–संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आइतबार एक घन्टा प्यूठान जिल्ला बन्द गरिएको छ ।

संयुक्त संघर्ष समितिले आन्दोलनलाई थप प्रभावकारी बनाउन आइतबार दिउँसो २ देखि ३ बजेसम्म बन्दको आह्वान गरेको हो ।

बन्द अवधिभर प्यूठानमा उद्योग, कलकारखाना, सवारी–साधन, पसल, विद्यालय तथा सरकारी कामकाज सबै ठप्प पारिएका थिए ।

आन्दोलन कार्यक्रमअन्तर्गत् सोमबार बिहान ९ बजेदेखि बिहान ११ बजेसम्म जिल्ला प्रसासन घेराऊ गर्ने संयुक्त संघर्ष समितिले जनाएको छ ।