Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पुल भाँचिदा ठप्प भएको पूर्वपश्चिम राजमार्ग दुईतर्फी खुल्यो


0
Shares

हरि शर्मा (इमेज)
नवलपरासी, मंसिर २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् नवलपरासीको बौलाहा खोलामाथिको पुल भाँचिदा ठप्प भएको राजमार्ग आइतबार साँझबाट दुईतर्फीरुपमा सन्चालनमा आएकोे छ ।

पुलको उत्तरतर्फबाट दुईओटा डाइभर्सन बनाएर बाटो दुईतर्फीरुपमा सन्चालनमा ल्याइएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको ना६ख ३०१७ नम्बरको ट्रकले शनिबार राति ठक्कर दिँदा पुल भाँचिएको थियो ।

राजमार्गमै रहेको पुल भाँचिएपछि आइतबार बिहान यात्रीबाहक बस र मालबाहक ट्रक अलपत्र परेका थिए ।

पूर्व र पश्चिमबाट आएका सवारी–साधनलाई दुईओटा छुट्टाछुट्टै डाईभर्सनबाट आवत–जावतको व्यवस्था मिलाइएको छ ।

जीर्ण अवस्थामा रहेको पुललाई ट्रकले छेउबाट ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले सवारी सन्चालनका लागि पुलको उत्तरतर्फबाट डाइभर्सन बनाइएको जानकारी दिए ।