फाइल फोटो
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित नेकपा एमाले पार्टी कार्यालयमा आइतबार भएको भेटपछि नेपाली कांग्रेसका सभापति देउवाले पछिल्लो समयमा दलबीच विश्वासको संकट आएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा कुरा भएको बताए ।
संविधान संशोधनको विषयमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गर्दै आइरहेको छ ।
सोही विषयलाई लिएर भेटमा सभापति देउवाले सहमति र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिएको बताए ।
एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले दुई दलका शीर्ष नेताबीच समसामयिक विषयमा सौहार्द्रपूर्ण र सकारात्मक छलफल भएको र यसलाई निरन्तरता दिनेबारे छलफल भएको जानकारी दिए । रासस





प्रतिक्रिया दिनुहोस्