जनकपुर, मंसिर २६ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदमा जारी अवरोध खुलाउन आग्रह गरेका छन् ।
जनकपुरमा आइतबारदेखि सुरु भएको तीन दिवसीय साहित्य कला उत्सवको उद्घाटन गर्दै उनले एमालेमा लोकतान्त्रिक संस्कार नभएको टिप्पणी गरे ।
मैथिली विकास कोषले आयोजना गरेको साहित्य कला उत्सवमा नेपाल र भारतका विज्ञहरुको सहभागिता छ ।
तीन दिनसम्म हुने उत्सवमा मैथिली साहित्य र सिर्जनाका विविध पक्षमा छलफल हुनेछ ।





प्रतिक्रिया दिनुहोस्