२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


नम्डा मोबाइल एक्स्पो पुस १४ देखि


0
Shares

काठमाडौं, मंसिर २६ । नेपालका मोबाइल वितरकहरुको छाता संस्था नेपाल मोबाइल वितरक संघ (नम्डा)ले मोबाइल मेला गर्ने भएको छ ।

संघले आइतबार पत्रकार सम्मेलन गरी पुस १४ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा मेला आयोजना हुने जानकारी गराएको हो ।

मेलाले नेपालमा प्राप्त हुने प्रायः सबै ब्रान्डका मोबाइल सेट राखिने बताइएको छ ।

मेलामा मोबाइल फोनका उत्पादक, आयातकर्ता, वितरक, खुद्रा विक्रेता, सेवा प्रदायकको सहभागिता रहने जनाइएको छ ।

२ लाख ५० हजारजनाले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकको छ ।

हाल २३ ब्रान्डका मोबाइल सेट नेपाली बजारमा रहेको जनाइएको छ ।