Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


अर्घाखाँची र गुल्मी १३ दिनदेखि ठप्प, सर्वसाधारणलाई सास्ती


0
Shares

काठमाडौं(जिल्ला व्यूरो), मंसिर २७ । सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नं ५ बाट पहाडी जिल्लालाई अलग गराउन लागेको विरोधमा आज १३ औं दिन पनि अर्घाखाँची र गुल्मी जिल्ला बन्द कायमै छ ।

अनिश्चितकालिन बन्दले जिल्लाको जनजीवन थप प्रभावित बन्दै गएको छ । बन्दले जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती भोग्न बाध्य भएका छन् ।

आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविसको कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गरेर विरोध जनाउँदै आएका छन् ।

संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्द कायमै रहने एवं धर्ना र प्रदर्शन सशक्त बनाइने आन्दोलन परिचालन समितिले जनाएको छ ।

यता, बुटवल, रोल्पा, पाल्पा, प्यूठानमा भने बन्द हडतालका कार्यक्रम रोकी ¥याली, जुलुस, सभा गोष्ठी जस्ता कार्यक्रम जारी राखिएको छ ।