Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुँदैन् : सचिब आचार्य


0
Shares

पाँचथर, मंसिर २७ । नेकपा एमालेका सचिव भीम आचार्यले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसदबाट पारित हुन नदिने दाबी गरेका छन् ।

प्रेस चौतारी पाँचथरले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले जनताको चाहान र इच्छाविपरीत ब्यक्तिगत स्वार्थका लागि ल्याइएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने बताएका हुन् ।

उनले संविधान कार्यान्वयन गराउनभन्दा पनि अहिलेको सरकार निर्वाचनलाई टार्ने उद्देश्यका साथ संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाए ।

भाषा र नागरिकताको विषयमा समेत अहिलेको सरकारले गलत निर्णय गरेको भन्दै उनले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।