Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


मधेसभूमी भारतमा मिलाउने षड्यन्त्रमा दाहाल : चित्रबहादुर केसीले


0
Shares

काठमाडौँ मंसिर २७ । पुष्पकमल दाहाल देश टुक्रयाउनकै लागि भारतको सहयोगमा प्रधानमन्त्री बनेको आरोप राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लगाएका छन् । दहालले आफ्नै सरकारलाई ढालेर भारतका योजनाहरुलाई कार्यान्वयन गर्नेै शर्त सहित प्रधनमन्त्री बनेको  दावी केसीले गरेका छन् ।  
नेपाली जनताले संघीयताको माग नै नगरेका बेला विदेशी दवावमा संघीयता लादेर देशलाई विखण्डन तर्फ   लगिएको उनले बताए । पहाडबाट मधेस अलग्याएर चाहेका बेलामा नेपालको मधेसभूमी भारतमा मिलाउने भारतीय षड्यन्त्रलाई पुरा गर्न प्रधानमन्त्री दाहाल कसिएर लागेको केसीले बताएका छन् । उनले देश टुक्रयाउने तयारी स्वरुप प्रदेश नम्बर  पाँचका पहाडी जिल्लाहरुलाई मधेसबाट अलग्याउन थालिएको  बताएका छन् ।प्रदेश नम्बर पाँच बाट मधेस अलग्याए पछि नेपाल   जुनसुकै बेला पनि विभाजन हुनसक्ने बताउदै उनले  नेपाललाई  भारतमा विलय गर्न सजिलो पार्ने काम प्रधानमन्त्रीका हैसियतबाट दाहालले गरेको आरोप  लगाएका छन् । उनले जनता संघीयताका विपक्षमा उत्रन थालेका कारण दाहालमा बढी बेचैनी थपिएको पनि बताए ।
सोमबार केसीले ईमेज एफएमसंग कुरा गर्दै आम जनताले बेलैमा होस् नपुर्याउने हो, भने देश गुमेको पत्तो नपाईने बताएका छन् । देश जोगाउन जनता नजाग्ने हो भने राती सुतेका जनताले विहान आफ्नो देश देख्न नपाउने अवश्था आउन सक्ने चेतावनी दिदै प्रधानमन्त्री पुष्पकमल दाहालको षड्यन्त्रलाई जनताले तोड्नु पर्ने केसीले बताएका छन् ।