Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


संविधान संशोधन प्रस्तावमा एमालेनै सहयोग गर्छ : सभापति देउवा


0
Shares

काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा नेकपा एमालेले पनि सहयोग गर्ने दाबी गरेका छन् ।

नेपाल विद्यार्थी संघले सुरु गरेको ‘जहाँ विद्यार्थी–त्यहाँ नेवि संघ’ अभियानको सोमबार राजधानीमा उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले संविधान संशोधनको प्रस्तावमा एमाले लचक भएको भन्दै सहयोग गर्ने दाबी गरेका हुन् ।

उनले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचनमा जानुको विकल्प दलहरुसँग नभएकाले त्यो कुरा एमालेले बुझेको बताए ।

सभापति देउवालले नेपाल विद्यार्थी संघ बलियो नभएसम्म राष्ट्रियता, लोकतन्त्र, प्रजातन्त्र सुदृढ नहुने भन्दै सुरु गरिएको अभियानलाई गाउँगाउँसम्म पु¥याउन आह्वान गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतले निर्वाचन सम्पन्न गरेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए ।

नेवि संघले संविधान कार्यान्वयन, स्ववियू निर्वाचन, शैक्षिक सुधार र संगठन सुदुढीकरणका लागि भन्दै ६ महिने अभियान सुरु गरेको हो । कार्यक्रममा सभापति देउवाले नेवि संघको सदस्यतासमेत वितरण गरेका थिए ।