Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


माओवादी केन्द्रको प्रदेश नम्बर–३ को कार्यकर्ता प्रशिक्षण


0
Shares

काठमाडौं, मंसिर २७ । पाँचओटा माओवादीबीच एकता भएर नेकपा माओवादी केन्द्र बनेको ६ महिनापछि पहिलोपटक माओवादी केन्द्रले प्रदेश नम्बर–३ को कार्यकर्ता प्रशिक्षण सोमबार काठमाडौंमा गरेको छ ।

करिब एक हजार कार्यकर्ता सहभागी रहेको कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, वरिष्ठ नेता नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, पम्फा भुषाललगायतले वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी निर्वाचनलगायतका विषयमा प्रशिक्षण दिएका छन् ।

अध्यक्ष दाहालका प्रशासनिक सल्लाहकार नारायण दाहालले प्रशिक्षणमा पार्टीको पोलिटब्यूरो बैठकका निर्णय र पार्टीले सन्चालन गर्ने तीन महिने अभियानकाबारेमा जानकारी दिने कार्यक्रम रहेको जानकारी दिए ।