गुल्मी, मंसिर २७ । गुल्मीमा अनिश्चितकालीन बन्दको १३औं दिन सोमबार विशाल जनसभा आयोजना गरिएको छ ।
सदरमुकाम तम्घासमा आयोजित सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नम्ब–२ का सांसद चन्द भण्डारी, एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य चन्द्रबहादुर खड्कालगायतले सम्बोधन गरे ।
उनीहरुले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक कुनैपनि हालतमा पारित हुन नदिने उद्घोष गरेका छन् ।
जनसभामा जिल्लाका विभिन्न स्थानबाट हजारौंको संख्यामा सर्वसाधारण सहभागी भएका थिए ।
कार्यक्रममा लोक तथा दोहोरीगीत प्रतिष्ठान गुल्मीका कलाकारहरुले गीत–संगीतमार्पmत् संविधान संशोधन प्रस्ताव फिर्ता गराउन सुझाव दिएका थिए ।





प्रतिक्रिया दिनुहोस्