रुपन्देही, चैत ८ । बुुटवलको जितगढीमा पाणिनि पार्क निर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करीब पाँच करोड रुपैयाँको लागतमा पार्क बनाउन लागेको हो ।
पार्कको आज एक समारोहकाबीच शिलान्याश गर्दै उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री लीला गिरीले प्रदेश नं–५ लाई सुन्दरीकरण गरिने बताए । उनले प्रदेशका सबै जिल्लामा व्यवस्थित हरियालीपार्क निर्माण गरी सुन्दर शहरको रुपमा विकास गर्ने बताए ।
उनले भने, ‘विकास निर्माण र सुन्दरीकरणका हिसाबले प्रदेशलाई नमूना बनाउँछौ ।’
कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पार्कका संरचना निर्माण गर्दा वातावरण मैत्री बनाउन सुझाव दिए ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले नगरलाई हरियाली शहर बनाउन विभिन्न अवधारणा अगाडि सारेको बताइन् ।
पाणिनि पार्क उपभोक्ता समितिका अध्यक्ष ऋषि आचार्यले ब्याकरणका प्रणेता पाणिनि ऋषिको नाममा स्थानीयवासीको सक्रियतामा पार्क निर्माण गर्न थालिएको जानकारी गराए ।
कार्यक्रममा वडा नं–१३ का अध्यक्ष नारायण पुन, समितिका उपाध्यक्ष यमबहादुर थापा, सचिव पुनाराम घिमिरेले पार्क निर्माणका लागि प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताए । (रासस)








प्रतिक्रिया दिनुहोस्