काठमाडौं, मंसिर २८ । सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरी प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा मंगलबार १४औं दिन पनि अर्घाखाँची र गुल्मी जिल्ला बन्द कायमै छ ।
अनिश्चितकालिन बन्दको कारण यी जिल्लाको जनजीवन थप प्रभावित बन्दै गएको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले थप सास्ती भोग्नु परेको छ ।





प्रतिक्रिया दिनुहोस्