लमजुङ, मंसिर २८ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसका विद्यार्थी तीन दिनदेखि रिले अनसनमा बसेपछि उनीहरुका मागको सुनुवाई भएको छैन ।
क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार विकास गर्नुपर्ने, आर्थिक पारदर्शीता कायम गर्नुपर्नेलगायतका ६ बुँदे माग राखेर क्याम्पसका विद्यार्थी संगठनहरुले आन्दोलन थालेका हुन् ।
अनेरास्ववियु, नेवि संघ र अनेरास्ववियु क्रान्तिकारीका नेताले अनसन थालेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रिले अनशन बसेर आन्दोलन गरिरहेको विद्यार्थीहरुले जनाएका छन ।
आफूहरुले मंसिर १८ गतेदेखि नै सांकेतिकरुपमा आन्दोलन थालेको तर प्रशासनले सुनुवाई नगरेपछि बाध्य भएर रिले अनसन सुरु गरेको विद्यार्थी नेताहरुले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्