५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


‘कालो बर्ष’को पोष्टर सार्वजनिक, वैशाख १३ गते रिलिज


0
Shares

काठमाडौं, चैत ८ । नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर सार्वजनिक भएको छ ।

निर्देशक लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी वैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेल छन् ।

योगिराम फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ठ’ले वितरकको जिम्मा लिएका छन् ।