
काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै ढाँचामा स्थानीय चुनाव गर्ने सहमति तीन दलबीच भएको दाबी गरेका छन् ।
मंगलबार राजधानीमा नेपाल तरुण दलका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा उनले ‘देश चुनावी माहोलमा गइसकेको छ’–भने ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट पक्षलाई पनि मिलाएर चिर्वाचनमा जानुपर्ने भन्दै तरुण दलका कार्यकर्ताहरुलाई गाउँ फर्केर चुनावमा लाग्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्