२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अमेरिकाले साउदी अरबलाई हतियार बिक्रीमा कम गर्ने


0
Shares

काठमाडौं, मंसिर २९ । अमेरिकाले यमनमा गरिएको हवाई आक्रमणबाट सर्वसाधारण मारिएको भन्दै साउदी अरबलाई सिमित हतियार बिक्री गर्ने जनाएको छ ।

राष्ट्रपति बाराक ओबामाको प्रशासनले हवाई आक्रमणमा त्रुटि देखिएको भन्दै हतियार कम विक्री गर्ने जनाएको छ ।

साउदी अरबसंग अमेरिकाको सुरक्षा सहकार्य खाली चेक नभएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

यमनमा अरब नेतृत्वको गठबन्धन सेनाले इरानको समर्थन रहेको हुथी विद्रोहीविरुद्ध आक्रमण गरिरहेको छ ।

गत अक्टोबरमा मात्र १ सय ४० जना सर्वसाधरण हवाई आक्रमणमा मारिएका थिए । मन्सुर हादीको सरकारलाई धपाए पछि राजधानी सना हुथी विद्रोहीको नियन्त्रणमा छ ।

यमनमा सन् २०१४ यता सुरु भएको संघर्षका कारण दशौं हजार सर्वधारण मारिएका छन् भने ३० लाख मानिस मुलुक छाड्न बाध्य बनेका छन् । (एजेन्सी)