संशोधनलाई थाती राखेर चुनावमा जानुपर्छ : गच्छदार « Image Khabar


संशोधनलाई थाती राखेर चुनावमा जानुपर्छ : गच्छदार


Imagekhabar
२९ मंसिर २०७३, बुधबार १४:२६

विराटनगर, मंसिर २९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन प्रस्तावलाई स्थगनको अवस्थामा राखेर चुनावमा जानुपर्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग उनले संविधान संशोधन प्रस्तावले समस्या समाधान नहुने भन्दै त्यसलाई थाती राखेर चुनावमा जानुपर्ने बताए ।

सरकारले पर्याप्त गृहकार्यबिना नै संशोधन प्रस्ताव दर्ता गरेर गल्ती गरेको उनको भनाइ थियो ।

अहिलेको अवस्थामा पुरानै संरचनामा भएपनि स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा उनले जोड दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्