जनकपुर, चैत ८ । जनकपुरमा आज होली पर्व मनाइँदै छ । राजधानी काठमाडौंसहित पहाडि र हिमाली जिल्लामा बुधबार र तराईका जिल्लाहरुमा बिहीबार होली मनाइएको भए पनि जनकपुरमा भने आज मनाइँदै छ ।
१५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट होली मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एक दिन ढिलो होली मनाउने गरिन्छ । होली पर्वका लागि प्रदेश नम्बर २ सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ ।









प्रतिक्रिया दिनुहोस्