१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


देउवाले दिए एमालेलाई संशोधन प्रस्ताव फेल गराउन चुनौती


0
Shares

चितवन, मंसिर २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान पूर्णरुपमा कार्यान्वयन नभए देश दुर्घटनामा पर्ने बताएका छन् ।

नेपाल महिला संघको आयोजनामा बुधबार चितवनको भरतपुरमा भएको प्रशिक्षण कार्यक्रममा उनले देशलाई दुर्घटनाबाट जोगाउन संविधानको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताए ।

उनले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव दर्ता गरिएको बताए ।

संविधान संशोधन प्रस्तावलाई लिएर एमालेले संसद अवरुद्ध गर्नुको कुनै औचित्य नभएको उनको भनाइ थियो ।

देउवाले सके संविधान संशोधन प्रस्ताव फेल गराउन एमालेलाई चुनौतीसमेत दिए ।