देउवाले प्रधानमन्त्रीको कुर्सी ताकेर ७ नम्बर प्रदेशलाई टुक्र्याउन खोजे : रावल « Image Khabar


देउवाले प्रधानमन्त्रीको कुर्सी ताकेर ७ नम्बर प्रदेशलाई टुक्र्याउन खोजे : रावल


Imagekhabar
२९ मंसिर २०७३, बुधबार २०:४६

                                                                                फाइल फोटो
बैतडी, मंसिर २९ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेश नम्बर–७ र सुदूरपश्चिम कुनैपनि हालतमा नटुक्रिने बताएका छन् ।

प्रेस चौतारी बैतडीले बुधबार सदरमुकाममा गरेको पत्रकार सम्मेलन उनले अहिलेको सरकारले सुदूरपश्चिमलाई टुक्र्याउन खोजेको भएपनि यसलाई कुनैपनि हालतमा टुक्रिन नदिने बताएका हुन् ।

सुदूरपश्चिमका तराई र पहाडी जिल्लाको आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिकरुपमा अन्तरसम्बन्ध रहेको हुनाले एमालेले यो सम्बन्धलाई छुट्टिन नदिने दृढता उनले व्यक्त गरे ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कुर्सी ताकेर प्रदेश नम्बर–७ लाई टुक्र्याउन खोजेको’ उनको आरोप थियो ।

उनले छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न वर्तमान सरकारलाई आग्रहसमेत गरे ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने बताउँदै उनले भने–‘अहिलेको सरकारले ल्याएको संविधान संशोधन जनताको हितविपरीत छ ।’ रासस

 

 

प्रतिक्रिया दिनुहोस्