
काठमाडौं, चैत ७ । ‘कसैलाई पनि शिक्षामा पछाडि नपारौं’ भन्दै अन्तर्राष्ट्रिय ‘डाउन सिन्ड्रोम’ दिवस नेपालमा पनि बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
बिहीबार साँझ वसन्तपुर दरबार क्षेत्रको गद्दी बैठकमा पहेंलो र नीलो रङको बत्ती बालेर सो दिवस मनाइएको हो ।
नेपालमा वर्षेनि करिब १५ सयभन्दा बढी बालबालिका डाउन सिन्ड्रोमबाट प्रभावित हुने गरेको नेपाल डाउन सिन्ड्रोम संघले जनाएको छ ।
संघले यस्ता बालबालिकाहरुलाई तिरस्कार गर्नुको सट्टा उनीहरुको मनोबल बढ्ने गरी समाजमा स्थापित गर्नसक्नुपर्ने जनाएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र अष्ट्रेलियन राजदूत पीटर बुदलगायतले सो अवसरमा चेतनामूलक नाटकसमेत अवलोकन गरेका थिए ।
मार्च २१ लाई अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवसकारुपमा मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्