पुष्पकमल दाहाल ‘गरिब प्रधानमन्त्री’ ! « Image Khabar


पुष्पकमल दाहाल ‘गरिब प्रधानमन्त्री’ !


Imagekhabar
३० मंसिर २०७३, बिहीबार ०६:१८

काठमाडौं, मंसिर ३० । प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका मन्त्रीहरुले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको नाममा छ– तीन तोला सुन र पत्नीका नाममा भरतपुरमा एक कट्ठा जमिन ।

दाहालले पेस गरेको चार पाने सम्पत्ति विवरणमा जम्मा त्यति दुई लाइनमात्रै छ । उनको यत्ति सम्पत्तिको स्रोत पैतृक उल्लेख गरिएको छ ।

के साँच्चै दाहालको सम्पत्ति एक कट्ठा जमिन र तीन तोला सुनमात्रै हो ? प्रधानमन्त्री छँदा वा नरहँदा पनि दाहालको उच्च रवाफिलो जीवनशैली देखेकालाई उनले मन्त्रिपरिषद कार्यालयमा पेस गरेको सम्पत्ति विवरणलाई पत्यारिलो हुँदैन ।

खानलाउनका सौखिन दाहाल समकालीन नेताहरुमा सबैभन्दा बढी ‘ब्राण्ड कन्सस’ छन् । हातमा महँगा ब्राण्डका घडी र ब्रान्डेड कपडाले उनको जीवनशैली महँगो पुष्टि गर्छ ।

उनी काठमाडौंको लाजिम्पाटमा तीन रोपनीमा फैलिएको महलमा बस्छन् । विलासी गाडी चढ्छन् ।

दाहालको सुकुमबासी जस्तै देखिने सम्पत्ति विवरणप्रति सामाजिक सञ्जालमा बुधबार सर्वसाधारणले कटाक्ष गरेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्