रोल्पा र प्यूठान ठप्प, विहानै देखि प्रदर्शन « Image Khabar


रोल्पा र प्यूठान ठप्प, विहानै देखि प्रदर्शन


Imagekhabar
३० मंसिर २०७३, बिहीबार १०:२०

-पहलमान घर्ती, ईमेज

रोल्पा, मंसिर ३० । पाँच नम्वर प्रदेशबाट रोल्पा र प्यूठानसहितका पहाडी जिल्ला विभाजन हुने गरि संसदमा दर्ता भएको संविधान संशोधनको विधेयक विरुद्द आज(बिहीबार)बाट रोल्पा र प्यूठान जिल्लामा पुर्णरुपमा बन्दको आव्हान गरिएको छ ।

रोल्पा र प्यूठानको संयूक्त सघर्ष समितिले विहानैबाट चोकचोकमा मान्छेहरुको बाक्लो उपस्थितमा टायर बाल्ने, नाराजुलुस गरिहेका छन् । सरकारले शान्तिपूर्ण रुपमा माग गर्दा कुनै सुनुवाई नगरेको आरोप दुवै जिल्लाका जनताले लगाएका छन् ।

सरकार संसदमा दर्ता गरेको विधेयक फिर्ता लिएर रोल्पा प्यूठानसहित पहाडी जिल्लालाई पहिलेकै ५ नम्वर प्रदेशमा कायम राख्न माग गर्दै केहि समय यता आन्दोलन गर्दै आएका छन् ।

बन्दका कारण रोल्पा र प्यूठानबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने भित्रिने सवारी साधनहरु पनि बाटोमा अलपत्र परेका छन् ।

सरकारी तथा निजी विद्यालय, बजार, पसल, उद्योग बलकारखाना पुर्णरुपमा बन्द भएका छन् । शुक्रबारबाट दुवै जिल्लामा आमहड्ताल गरिने समितिले बताएको छ । बन्द पौष ३ गते मात्रै खुल्ने संयुक्त सघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्