काठमाडौं, चैत ७ । साताको अन्तिम दिन बिहीबार पनि पुँजीबजारमा गिरावट आयो ।
यसदिन पनि उतार–चढावबीच बजार परिसूचक नेप्से ६ अंकले झरेर ११ सय ४० विन्दुमा आएर थामियो ।
कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।
यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६९ अंकले झर्यो भने जीवनबिमा समूहमा पनि ६१ अंकको गिरावट आयो ।
लघुवित्त, जलविद्युत्, वाणिज्य बैंक, उत्पादनमूलक, र व्यापार समूह पनि ऋणात्मक रहे । होटल, विकास बैंक, उत्पादनमूलक र अन्य समूह सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १७१ कम्पनीका ९ लाख ७४ हजार कित्ता सेयर २७ करोड २४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्