
ध्रुव भट्टराई (इमेज)
विराटनगर, मंसिर ३० । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पुरानै संरचनामा गरिने स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
विहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेता किराँतीले ‘पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गरिएको खन्डमा माओवादी केन्द्र १ नम्बर प्रदेशका नेता तथा कार्यकर्ताले निर्वाचनमा भाग नलिने’ घोषणा गरे ।
ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच पुरानै संरचनामा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल चलिरहँदा किराँतीको यस्तो भनाइ आएको हो ।
प्रतिक्रिया दिनुहोस्