
काठमाडौं, असार २३ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै जुम्लामा आमरण अनशनरत् प्रा. डा. गोविन्द केसीका समर्थकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विगत ८ दिनदेखि अनशरत डा. केसीको माग पूरा गर्नुपर्ने माग गर्दै उनका समर्थकहरुले काठमाडौंको माइतीघरमन्डलामा प्रदर्शन गरेका हुन् ।
माथेमा प्रतिवेदन लागू गर्नुपर्ने, चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक जस्ताको तस्तै पारित गर्नुपर्ने माग उनीहरुले गरेका थिए ।
माइतीघरमन्डलाबाट सुरु भएको प्रदर्शन नयाँबानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनकारीहरुले सरकारको चर्को आलोचना गरेका थिए ।
सभालाई सम्बोधन गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली माफियाको प्रवक्ता बनेको आरोप लगाए ।
माफियाको पैसाले चुनाव जितेकाहरुले डा. केसी र गंगामायाहरुलाई अनशनमै मार्न खोजेको उनको आरोप थियो ।
अधिकारकर्मी चरण प्रसाइँले प्रधानमन्त्री र गृहमन्त्री जनताकोभन्दा नेकपाकोमात्र बन्न खोजेको आरोप लगाए ।
सीमित व्यक्तिकोमात्र नेता बन्न खोज्नेहरुलाई नागरिक तवरबाटै अस्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्