२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘सिंहदरबारको पुतली बगैंचामा संसदको आफ्नै भवन र सांसद आवास’


0
Shares

काठमाडौं, मंसिर ३० । सभामुख ओनसरी घर्तीले संसदले जस्तोसुकै जिम्मेवारी पूरा गरेर भएपनि संविधान कार्यान्वयन गर्ने दाबी गरेकी छन् ।

संसद सेवा दिवसको अवसरमा विहीबार सिंहदरबारमा गरिएको कार्यक्रममा उनले मतभेद छाडेर संविधान कार्यान्वयनको बाटोमा अघि बढ्न दलहरुलाई आग्रह गरिन् ।

निकट भविष्यमै सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संसदको आफ्नै भवन बनाउने तथा सांसद आवास बनाउने काम सुरु हुने जानकारी पनि उनले दिइन् ।

कार्यक्रममा कानुनमन्त्री अजयशंकर नायकले संसद सचिवालयका कर्मचारीहरुलाई आफ्नो कर्तव्य र अधिकारप्रति पनि सचेत बन्न आग्रह गरे ।