धादिङमा जीप दुर्घटना, तीनजनाको मृत्यु « Image Khabar


धादिङमा जीप दुर्घटना, तीनजनाको मृत्यु


Imagekhabar
१ पुष २०७३, शुक्रबार ०९:५९

धादिङ, पुस १ । पृथ्वी राजमार्गअन्र्तगत धादिङको भूमेस्थान गाविस–६ कोइरालेमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दक्षिण धादिङबाट पुथ्वीराजमार्गमा ओर्लन लागेको ग२च ४५७२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

गाडी महेश खोला किनारमा पुगेको थियो । दुर्घटनामा परी मृत्यु हुने लमजुङ घर भएका चालक माधव धिताल र बिष्णुबहादुर रावतको मात्र सनाखत भएको छ ।

मृतक एक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्