
काठमाडौं, पुस १ । मुस्ताङका पूर्वराजा जिग्मे परबल विष्टको निधन भएको छ ।
८६ वर्षीय विष्टको उपचारका क्रममा काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।
उनी केही वर्षदेखि बौद्धमा बस्दै आएका थिए । २०६२÷६३ को जनआन्दोलनसम्म मुस्ताङको शासन सत्तामा शक्तिशाली रहेका उनी त्यसयता भने निस्कृय थिए ।
प्रतिक्रिया दिनुहोस्