१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भैरहवामा तीनदिने आमहड्ताल


0
Shares

भैरहवा, पुस १ । भैरहवामा शुक्रबारदेखि तीनदिने आमहड्ताल आह्वान गरेसँगै बजार, कलकारखाना, वित्तीय संस्था, शिक्षण संस्था, यातायातका साधन ठप्प रहेका छन् ।

राजमार्ग पूर्णरुपमा खाली देखिएको छ भने सहरको भित्री भागहरुमा छिटपुटरुपमा साना सवारी–साधन र मोटरसाइकलहरु चलेका छन् ।

आन्दोलनमा उत्रेकाहरुले जबसम्म ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संसद–सचिवालयमा दर्ता भएको विधेयक फिर्ता हुँदैन तबसम्म आन्दोलन निरन्तररुपमा चलिरहने चेतावनी दिएका छन् ।