
काठमाडौं, पुस १ । नेपाल जेसीजको ४३औं राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा धाँधली भएको भन्दै छानबिनका लागि राष्ट्रिय अध्यक्ष पदका उम्मेदवार विष्णु बरालले काठमाडौं जिल्ला प्रशासन र निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
अध्यक्षका उम्मेदवार विष्णु बरालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी चुनावमा फर्जी मत खसालेर अध्यक्षका अर्का उम्मेदवार प्रकाश अधिकारीलाई जबर्जस्ती विजयी घोषणा गरेको आरोप लगाए ।
उनका अनुसार कुल १३ सय ५० मतपत्र जारी गरिएकामा ८५ मतपत्र फिर्ता आएकाले कुल १२ सय ३५ मतपत्र प्रयोग गरिएको मुचुल्का गरिएको थियो ।
तर, मतगणना गर्दा १२ सय ८४ मतपत्र देखिएकाले चुनावमा धाँधली भएको पुष्टि भएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्