
फाइल फोटो
पोखरा, पुस १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावाई विफल बनाएर देखाउन नेकपा एमालेलगायत विपक्षी दललाई चुनौती दिएका छन् ।
माओवादी केन्द्र प्रदेश नम्बर४ को प्रशिक्षण भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले ‘संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए सरकार सहर्ष स्वीकार गर्न तयार छ’–भने ।
प्रधानमन्त्रीले संसदको अवरोध र सडक आन्दोलन छाडेर समझदारीमा आउन विपक्षी दलसँग आग्रह गरे ।
पार्टी प्रदेश नम्बर–४ का इन्चार्ज देव गुरुङको अध्यक्षतामा भएको सो भेलामा पार्टी नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी संगठन अनुशासित र मर्यादित हुनसकेमात्रै नेपाली जनताको सहयोग रहिरहने र पार्टी संगठन बलियो हुने विचार व्यक्त गरे ।
एकदिने सो प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर४ का ४२५ केन्द्रीय सदस्यको सहभागिता थियो । रासस
प्रतिक्रिया दिनुहोस्