आदिवासी जनजाति महासंघको महाधिवेशन प्रधानमन्त्रीले उद्घाटन गर्ने

चितवन, पुस १ । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनको तयार पूरा भएको छ ।
शनिबार (भोलि)देखि चितवनमा हुने महासंघको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।
महाधिवेशनमा सबै दलका शीर्ष नेताहरु सहभागी हुने जानकारी महासंघका अध्यक्ष नगेन्द्र कुमाले दिए ।
महाधिवेशनमा ४ सय २२ जना प्रतिनिधि सहभागी हुने जनाइएको छ ।