कांग्रेस जस्तोसुकै अप्रिय निर्णय लिन तयार छ: नेता सिहं « Image Khabar


कांग्रेस जस्तोसुकै अप्रिय निर्णय लिन तयार छ: नेता सिहं


Imagekhabar
२ पुष २०७३, शनिबार ११:४५

काठमाडौं, पुस २ । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रकाशमान सिहंले यो संविधान र ब्यवस्था जोगाउन कांग्रेस जस्तोसुकै अप्रिय निर्णय लिन पनि तयार रहने बताएका छन् ।

गणेशमान सिह केन्द्रले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले सबैलाई मिलाएर अघि बढ्नु यतिबेलाको अपरिहार्य रहेको औंल्याए ।

उनले असन्तुष्टिहरुलाई सम्बोधन गर्न कालागि संविधान शंसोधन मार्फत प्रयास भैरहेको साथै जारी व्यवस्था र संविधान जोगाउन कसैसित कुनै सम्झौता गर्न कांग्रेस तयार भने नहुने बताए ।

नेता सिहंले कांग्रेस नेतृत्वले नै जारी संविधान लागू गर्न अगुवाई गर्ने दावी गरे । संवेदनशिल विषयमा पार्टीका नेताहरुले नै अस्वाभाविक अभिब्यक्ति दिदैजानु राम्रो नहुनेमा समेत पार्टी सभापतिलाई गम्भीर हुन समेत अपिल गरेका छन् ।

कायक्रममा कांग्रेस पुरान नेताहरु मार्सजुलुश शाक्य, ओमकार श्रेष्ठ, श्यामलाल श्रेष्ठ लगायतलाई समान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्