
काठमाडौं, पुस २ । तेह्रथुमको संक्रान्ति बजारमा शुक्रबार आगलागी हुँदा पीडित बनेकाहरुको खाने बस्ने व्यवस्थापन गर्न र राहत उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएको छ ।
पीडितलाई आवश्यक पर्ने सामग्रीको विवरण उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेलाई निर्देशन दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
गृह मन्त्रालय, विपत् व्यवस्थापन महाशाखाका प्रमुख कृष्णबहादुर रावतलाई खाद्यान्नसहित सामग्री सो ठाउँमा तुरुन्त पुर्याउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
तेह्रथुमको संक्रान्ति बजारमा भएको आगलागीबाट २८ परिबारका ३२ वटा घर जलेर नष्ट भएका छन् ।
आगलागीबाट ५० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई स्थानीय विद्यालय तथा छिमेकीको घरमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्