१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


दलहरुबीच प्याकेजमै सहमति खोजिनुपर्छ: वरिष्ठ नेता पौडेल


0
Shares

विराटनगर, पुस २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक गतिरोध अन्त्यका लागि मुख्य तीन दलबीच प्याकेज मै समाधान खोजिनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले संक्रमणकालीन अवस्थामा दलहरुबीच अविश्वास भएमा त्यसले संकट निम्त्याउने भन्दै दलहरुबीच प्याकेजमै सहमति खोजिनुपर्ने बताएका हुन् ।

नेता पौडेलले कांग्रेस, एमाले र माओवादी केन्द्रले संविधान जारी गरेकाले तीन दल मिलेरै कार्यान्वयनमा जानुको विकल्प नभएको बताए ।