‘गणेशमान सिंहको विचार अहिले पनि सान्दर्भिक’ « Image Khabar


‘गणेशमान सिंहको विचार अहिले पनि सान्दर्भिक’


Imagekhabar
२ पुष २०७३, शनिबार १४:४०

काठमाडौं, पुस २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च जनआन्दोलनका कमान्डर गणेशमान सिंहको आदर्शबाट सबै राजनीतिक दलले पाठ सिक्नुपर्ने बताएका छन् ।

सर्वमान्य नेता गणेशमान सिंहको १०१औं जन्मदिवसको अवसरमा शनिबार ललितपुरमा गरिएको कार्यक्रममा उनले गणेशमान सिंहको त्याग, हिम्मत र संघर्षबाट सबै राजनीतिक दलले पाठ सिक्नुपर्ने बताएका हुन् ।

गणेशमान सिंहको विचार अहिले पनि सान्दर्भिक रहेको भन्दै उनले एकताको राजनीतिबाटमात्र मुलुकले निकास पाउने बताए ।

सबैलाई समेटेर मुलुकलाई अगाडि बढाउनुको विकल्प नभएकाले संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा लोकतन्त्र र प्रजातन्त्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मार्सलजुलुम शाक्य, ओमकारप्रसाद श्रेष्ठ, श्यामलाल श्रेष्ठलगायतलाई सम्मानित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्