
अपडेट
काठमाडौं, पुस २ । पपुवा न्यूगिनीमा शनिबार ७.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी जिओलोजिकल सर्भे (युएसजीएस)का अनुसार पूर्वी पपुवा न्यूगिनीमा एक सय किलोमिटर गहिराइमा गएको भूकम्पले न्यू आयरल्यान्ड क्षेत्रमा हल्लिखल्ली मच्चिएको छ ।
स्थानीय समयअनुसार रातमा गएको भूकम्पले वरिपरिको क्षेत्रमा त्रास निम्त्याएको थियो । भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी दिइएको छ ।
भूकम्प नेपाली समयअनुसार शनिबार दिउँसो ४ बजेर ३४ मिनेटमा गएको थियो ।
भूकम्पपछि निरन्तर ठूला–ठूला पराकम्पन आइरहेको जनाइएको छ ।
क्षतिबारे अहिलेसम्म कुनै विवरण प्राप्त भएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्