२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल–भारतका अधिकारीहरुको बैठकमा तीनबुँदे निर्णय


0
Shares

अनिल तिवारी (इमेज)
वीरगन्ज, पुस २ । सीमा विवाद समाधान गर्न नेपाल–भारतका अधिकारीहरुको शनिबार वीरगन्जमा बसेको बैठकले विभिन्न तीनबुँदे निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा बसेको दुबै देशका अधिकारीहरुको बैठकले यही पुस ५ गतेदेखि बारा, पर्सा र चितवनमा रहेका सीमास्तम्भको निरीक्षण गर्ने, सीमा क्षेत्रमा रहेका दुबैतर्फका अतिक्रमित क्षेत्रको पहिचान गरी सुचीकृत गर्ने र अर्को बैठक सन् २०१७ को मे महिनामा बस्ने निर्णय गरेको बताइएको छ ।