
गुल्मी, पुस २ । गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले प्रहरी र प्रशासनबाट कमी–कमजोरी स्वीकार गर्दै माफी मागेका छन् ।
शनिबार सांसद कमला विश्वकर्मासहित संयुक्त संघर्ष समिति, जिल्लास्थित राजनीतिक दलका नेताहरु, पत्रकार, नागरिक समाज र सुरक्षाकर्मीहरुबीच बसेको बैठकमा उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने बताए ।
शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा आन्दोलनकारीमाथि प्रहरी र जिल्ला प्रशाासनबाट लाठीचार्ज, अश्रुग्यास र ढुंगा प्रहार भएको घटनामा प्रमुख जिल्ला अधिकारी ढुंगाना दोषी भएको भन्दै संयुक्त संघर्ष समितिले माफी माग्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्