
संखुवासभा, पुस २ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधन प्रस्ताव देशको हितमा नभएको बताएका छन् ।
उनले सरकारले संसद–सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावले देशको हित नहुने भन्दै प्रस्ताव फिर्ता लिनुपर्ने बताए ।
शनिबार संखुवासभामा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारले चुनाव नगराएर देशलाई संकटमा धकेल्ने प्रयासमा लागेको आरोपसमेत लगाए ।
प्रतिक्रिया दिनुहोस्