२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कविता वाचन गरी संविधान संशोधन प्रस्तावको विरोध


0
Shares

रोल्पा, पुस २ । ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु टुक्र्याउने गरी सरकारले संसद–सचिवालयमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको शनिबार रोल्पाका बासिन्दाले कविता वाचन गरी विरोध जनाएका छन् ।

नेपाली लेखक संघ रोल्पाले गरेको सडककविता वाचन कार्यक्रममा सहभागीहरुले कविता वाचन गरी संविधान संशोधन प्रस्तावको विरोध गरेका गरेका हुन् ।

कार्यक्रममा १२ जनाभन्दा बढीले आफ्ना सिर्जनामार्फत् सरकारको विरोध गरेका थिए ।