
काठमाडौं । दक्षिण कोरियाका विभिन्न होटलका कोठामा हुने गतिविधिको गोप्यरुपमा भिडियो बनाएर वेबसाइटमा बेचेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुले होटलका कोठामा राखिएका टेलिभिजन, हेयर ड्रायर र शोकेसहरुमा क्यामरा जडान गरी १ हजार ६ सय वटा भिडियो खिचेको फेला परेको हो ।
उनीहरुले यसबाट ६ हजार २ सय डलर कमाएको दाबी अधिकारीहरुले गरेका छन् ।
पक्राउ परेकाहरु दोषी ठहर भएमा १० वर्षसम्मको जेल र २६ हजार ५ सय डलरभन्दा बढी जरिवाना हुने छ ।
दक्षिण कोरियामा गुप्तरुपमा अस्लिलता फैलाउने काम भएको भन्दै त्यसको विरोधमा प्रदर्शनसमेत भएको थियो ।
पक्राउ परेकाहरुले गत अगष्टमा मात्रै दक्षिण कोरियाका १० शहरका ३० वटा होटलमा क्यामरा जडान गरेको देखिएको प्रहरीले जनाएको छ ।
कतिपय भिडियो शौचालय र चेन्जिङ रुममा खिचिएको थियो ।
गत नोभेम्बरमा उनीहरुले एउटा वेबसाइट बनाएर ३० सेकेन्टसम्मको भिडिया निःशुल्क देखाउने र त्यसपछि पुरै भिडिया हेर्ने भए शुल्क तिर्नुपर्ने व्यवस्था गरेका थिए
उनीहरुले अवैधरुपमा ८ सय ३ वटा भिडियो वेबसाइटमा पोस्ट गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले ९७ जनाले यसका लागि पैसा तिरेको देखिएको छ ।
यसै महिना भने प्रहरीले त्यो वेबसाइट बन्द गराइदिएको थियो ।
सोल प्रहरीका प्रवक्ताले मानवीय गरिमामा गम्भीर हानी पुर्याउने काममा संलग्नहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्