
विराटनगर, पुस ३ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध हटाए तत्काल राजनीतिक गतिरोधको अन्त्य हुने दाबी गरेका छन् ।
प्रेस सेन्टर मोरङले आइतबार विराटनगर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले संसद अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताए । उनले एमालेले भनेजसरी पहिले संसदको चुनाव गराउन नसकिनेसमेत स्पष्ट पारे ।
आगामी बैशाखभित्र स्थानीय तहको चुनाव हुने भन्दै उनले संविधान संशोधन प्रस्ताव फिर्ता नहुने पनि बताए ।
पहिले संसदको निर्वाचन गर्नुपर्छ भन्ने विषयमा गम्भिर षड्यन्त्र लुकेको भन्दै उनले त्यस्तो गर्नुपर्छ भनेर जोड गर्नु भनेको संविधानलाई असफल बनाउने खेल हुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्