२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फोटोसहितको मतदाता नामावली संकलनको तयारी


0
Shares

कञ्चनपुर, पुस ३ । कञ्चनपुरमा फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ ।

पुसको दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालयले सबै तयारी पूरा गरेको जनाएको हो ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रका १ सय ६ ठाउँमा पुगी सातवटा टोलीले नामावली संकलन गर्ने छन् । पुस १० देखि माघ १५ गतेसम्म छुटफुट नामावली र नयाँ मतदाताको नामावली संकलन गरिने निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशवसिंह भण्डारीले जानकारी दिए ।

नामावली संकलनकै क्रममा दावी विरोध गर्ने व्यवस्था पनि मिलाइएको छ भने नाम, थरमा समस्या भए पनि सच्याउन सकिने छ ।